Like us!
Follow us!

अजोडकाे इन्साइडर ट्रेडिङ छानबिन : धितोपत्र बोर्ड अझै अध्ययनमा

अजोडकाे इन्साइडर ट्रेडिङ छानबिन : धितोपत्र बोर्ड अझै अध्ययनमा

लगानी खबर, काठमाडौं - चैत्र महिनामा चर्चामा रहेकाे अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडकाे इन्साइडर ट्रेडिङको विषय आजकाल सेलाएकाे छ । यद्यपी विभिन्न लगानीकर्ताहरूमा भने कम्पनीलाई कारबाही गर्ने प्रक्रिया हाल कहाँ पुग्याे, छानबिन हुँदैछ की छैन भन्ने चासाेकाे विषय बनेकाे छ । लगानीकर्ताहरूकाे साेही चासाे मेटाउन हामीले नियामक निकायहरूसँग कुरा गरेका छाैँ ।

उक्त विषयमा कुरा गर्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुरहारी पराजुलीले नेप्सेकाे तर्फबाट सेबाेनले मागेकाे विवरणहरू यसअघि नै उपलब्ध गराइसकिएकाे बताउँदै कारबाही गर्ने काम सेबाेनकाे रहेकाे जानकारी दिएका छन् । उनले भने, "हामीले सबै विवरणहरू पठाइसकेका छाैँ । सेबाेनले गठन गरेकाे छानबिन समितिले आवश्यक छानबिन गरि कारबाही प्रक्रिया अघि बढाउँछ ।"

नियामक निकाय नेपाल धिताेपत्र बाेर्डका सह प्रवक्ता रूपेश केसीसँग कुरा गर्दा उनले हालसम्म पनि अनुसन्धान भइरहेकाे जानकारी दिए । उनले भने, "अहिले अध्ययन चरणमा नै छाैँ । आवश्यक अनुसन्धान भइरहेकाे छ ।"

यसै विषयमा आफ्नाे धारणा व्यक्त गर्दै लगानीकर्ताहरु माझ "काका" को नामले परिचित केशव कोईरालाले भने, "इन्साइडर ट्रेडिङ भएकाे त छर्लङ्गै छ, नियामक निकायले यथाशीघ्र छानबिन गरि संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुपर्छ ।" उक्त काराेबार पनि बदर हुनुपर्ने उनले बताएका छन् ।

बोर्डले गठन गरेको समितिले विभिन्न चरणबाट अध्ययन अनुसन्धान गरिरहेकाे छ । सेबाेनले यसअघि नै छानबिनका क्रममा कम्पनीका सेयर कारोबारको सबै विवरण नेप्सेबाट झिकाएको थियाे । छानबिन मै विलम्ब भइरहेकाे हुँदा नतिजा निस्कन भने अझै समय लाग्ने देखिएकाे छ ।

भएकाे के थियाे ?

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत्र १७ गते, मंगलबार ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित आफ्नो तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको थियो । तर यो हकप्रदको सूचना बाहिरिनु भन्दा अगावै कम्पनीको आक्रामक कारोबार भइरहेको थियो । कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट पनि लागेकाे थियाे । त्यसैले कम्पनी विरूद्ध इन्साइडर ट्रेडिङकाे आशङ्का गरिएको थियो ।

साेही विषयमा अध्ययन अनुसन्धान गर्न चैत्र २३ गते, साेमबार नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (साेबाेन) ले बाेर्डका निर्देशककाे संयाेजकत्वमा छानबिन समिती गठन गरेकाे थियाे । साेही समितिले अहिले छानबिन गरिरहेकाे छ । छानबिन भएपछि भित्री कारोबार भएको पुष्टि भएमा बाेर्डले कानुन अनुसार कारबाही अघि बढाउने छ।

606b1b2075435.jpg

चाैतर्फी चर्चा भएपछि अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा समितिको निर्देशनपछि चैत्र २५ गते, बुधबार आकस्मिक बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावलाई स्थगन गरेको थियाे ।

इन्साइडर ट्रेडिङ भएकाे पुष्टि भए के हुन्छ कारबाही ?

धितोपत्र सम्बन्धी ऐन, २०६३ को परिच्छेद ९ मा धिताेपत्रकाे भित्री कारोबार सम्बन्धी कसूर तथा दण्ड सजाय उल्लेख गरिएकाे छ । दफा ९१ मा उल्लेख भए अनुसार  कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरुको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ । भित्री काराेबार गरेकाे ठहरेमा विगाे बमाेजिम जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने दफा १०१ काे दण्ड सजायकाे बुँदा एकमा उल्लेख छ ।

606c0233b7646.jpg

606c023acb953.jpg

याे पनि हेर्नुहाेस् :

अजोड इन्स्योरेन्समा इन्साइडर ट्रेडिङ भएको पाइए के हुन्छ कारबाही ? यस्तो छ कानुनी व्यवस्था

आर्थिक अपराध गरेको भन्दै अजोड इन्स्योरेन्सविरुद्ध लगानीकर्ताद्वारा उजुरी दर्ता

हामीले कुनै सूचना लिक गरेका छैनाैँ, विज्ञापन नपाएका मिडियाले उचाले : सीइओ, अजोड इन्स्योरेन्स

अजोड इन्स्योरेन्सको हकप्रदमा इन्साइडर ट्रेडिङ्गको गन्ध

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।