Like us!
Follow us!

अजोड इन्स्योरेन्समा इन्साइडर ट्रेडिङ भएको पाइए के हुन्छ कारबाही ? यस्तो छ कानुनी व्यवस्था

अजोड इन्स्योरेन्समा इन्साइडर ट्रेडिङ भएको पाइए के हुन्छ कारबाही ? यस्तो छ कानुनी व्यवस्था

लगानी खबर, काठमाडौं -  अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सेयरमा भएको भनिएको इन्साइडर ट्रेडिङ यतिबेला चर्चाकाे विषय बनिरहेकाे छ ।

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले गत मंगलबार (चैत्र १७ गते) ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित आफ्नो तेस्रो वार्षिक साधारण सभा आह्वान गर्याे । तर याे हकप्रदकाे सूचना बाहिरिनु भन्दा अगावै कम्पनीकाे आक्रामक काराेबार भइरहेकाे थियाे । त्यसैले कम्पनीविरूद्ध इन्साइडर ट्रेडिङ गरी आर्थिक अपराध गरेको भन्दै लगानीकर्ताले उजुरी दर्ता समेत गरेका थिए । 

साेही विषयमा थप अध्ययन अनुसन्धान गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (साेबाेन) ले छानबिन समिती गठन गरेकाे छ । बाेर्डले हिजाे (चैत्र २३ गते, साेमबार) नै बाेर्डका निर्देशककाे संयाेजकत्वमा उप-समिति गठन गरी जाँचबुझ कार्य अगाडि बढाइसकेको छ । 

यदि कम्पनीले कुनै भित्री काराेबार गरेकाे पाइएमा नियमानुसार कारबाही अगाडी बढाइने बाेर्डले जनाएकाे छ ।  त्यस्तै, बोर्डले धितोपत्र बजारका स्थापित मूल्य, मान्यता अनुरुप बजारलाई स्वच्छ र पारदर्शी रुपमा सञ्चालन गर्न समेत अनुरोध गरेको छ । 

धितोपत्र सम्बन्धी ऐन, २०६३ को परिच्छेद ९ मा धिताेपत्रकाे भित्री कारोबार सम्बन्धी कसूर तथा दण्ड सजाय उल्लेख गरिएकाे छ । दफा ९१ मा उल्लेख भए अनुसार  कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरुको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ ।

भित्री काराेबार गरेकाे ठहरेमा विगाे बमाेजिम जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने दफा १०१ काे दण्ड सजायकाे बुँदा एकमा उल्लेख छ ।

 

606c0233b7646.jpg 606c023acb953.jpg 606c0241a4d0b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।