Like us!
Follow us!

अपर तामाकोशीको सेयर:बिहिबार सर्किट,शुक्रबार हकप्रद स्वीकृति अब आइतबार के होला ?

अपर तामाकोशीको सेयर:बिहिबार सर्किट,शुक्रबार हकप्रद स्वीकृति अब आइतबार के होला ?

बिहिबार : सेयरकारोबार झन्डै सर्किट 

अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य बिहिबार एकाएक बढ्यो। बिहिबार यस कम्पनीको मूल्य ९.८५ % प्रतिशतले बढेर ४७४ रुपैयामा बन्द भएको थियो। अर्थात बिहिबारमात्र कम्पनीको मूल्य ४२.५० बढेको थियो। 

शुक्रबार : हकप्रद स्वीकृति 

अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) बाट शुक्रबार अनुमति भएको छ । 

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न फागुन १८ गते नेपाल धिताेपत्र बाेर्डमा निववेदन दिएकाे थियाे । सोही हकप्रद निष्कासन गर्न सेबोनले आज असार २२ गते, शुक्रबार अनुमति दिएको हो ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ ।

आइतबार : के होला सेयर मूल्य ?

बिहिबार एकाएक बढेको सेयर मूल्य र शुक्रबार यस कम्पनीको आएको हकप्रद स्वीकृतिलाई संयोग मात्र मान्नु गलत हुन्छ। पक्कै पनि सूचना चुहिएको भनेर लगानीकर्ताले सेबोन माथि आरोप लगाएका छन्।  बिहिबार सूचनाको हल्ला, शुक्रबार सूचना आउनुले आइतबार यस कम्पनीको सेयर मुल्यमा कस्तो प्रभाव पर्ला ? कमेन्ट गर्नुहोला 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।