Like us!
Follow us!

हामीले कुनै सूचना लिक गरेका छैनाैँ, विज्ञापन नपाएका मिडियाले उचाले : सीइओ, अजोड इन्स्योरेन्स

हामीले कुनै सूचना लिक गरेका छैनाैँ, विज्ञापन नपाएका मिडियाले उचाले :  सीइओ, अजोड इन्स्योरेन्स

लगानी खबर, काठमाडौं - अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रदमा इन्साइडर ट्रेडिङबारे हामीले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कुमार बहादुर खत्रीसँग कुरा गरेका छाैँ ।

यस विषयमा कुरा गर्दा उनी भन्छन्, "हामीले त्यस्ता प्रकारका कुनैपनी सूचना लिक गरेका छैनाैँ । याे कतिपय सञ्चार माध्यमहरूले विज्ञापन नपाएका कारण उठाएकाे विषय मात्र हाे । यदि नियामक निकायले यस बारेमा छानबिन गर्छ भने हामी स्वतन्त्र ढङ्गले अनुसन्धानलाई सघाउन तयार छाैँ ।"

 हिजाे कम्पनीकाे आक्रामक काराेबार हुनु र आज हकप्रदकाे सूचना आउनु याे संयाेग मात्र नभएर इन्साइडर ट्रेडिङ रहकाे कतिपय लगानीकर्ताहरूकाे तर्क छ ।

गत साता ५ दिनकाे काराेबारमा जम्मा करिब ५८ हजार कित्ता सेयरकाे काराेबार भएकाेमा एकाएक हिजाे (साेमबार) एकदिन मै कम्पनीकाे एक लाख १७ हजार ५ सय ६६ कित्ता सेयरकाे काराेबार भएकाे छ ।

गत साताकाे पहिलाे काराेबार दिन चैत्र ८ गते आइतबार ७ सय १८ रूपैयाँ रहेकाे कम्पनीकाे सेयरमूल्य अन्तिम दिनसम्ममा आइपुग्दा घटेर ७ सय ६ रूपैयाँ कायम भएकाे थियाे । तर हिजाे (साेमबार) भने कम्पनीकाे सेयरमूल्य ९.९२ प्रतिशतले बढेर ७ सय ७६ रूपैयाँ पुगेकाे छ ।

याे पनि :

अजोड इन्स्योरेन्सको हकप्रदमा इन्साइडर ट्रेडिङ्गको गन्ध

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।