Like us!
Follow us!

अजोड इन्स्योरेन्सको हकप्रदमा इन्साइडर ट्रेडिङ्गको गन्ध

अजोड इन्स्योरेन्सको हकप्रदमा इन्साइडर ट्रेडिङ्गको गन्ध

लगानी खबर, काठमाडौं - भनिन्छ नी "बाघ कराउनु र बाख्रा हराउनु" त्यस्तै भयाे अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडकाे हकप्रद निष्कासनकाे विषयमा । हिजाे कम्पनीकाे आक्रामक काराेबार हुनु र आज हकप्रदकाे सूचना आउनु याे संयाेग मात्र त पक्कै नहाेला ।

गत साता ५ दिनकाे काराेबारमा जम्मा करिब ५८ हजार कित्ता सेयरकाे काराेबार भएकाेमा एकाएक हिजाे (साेमबार) एकदिन मै कम्पनीकाे एक लाख १७ हजार ५ सय ६६ कित्ता सेयरकाे काराेबार भएकाे छ ।

गत साताकाे पहिलाे काराेबार दिन चैत्र ८ गते आइतबार ७ सय १८ रूपैयाँ रहेकाे कम्पनीकाे सेयरमूल्य अन्तिम दिनसम्ममा आइपुग्दा घटेर ७ सय ६ रूपैयाँ कायम भएकाे थियाे । तर हिजाे (साेमबार) भने कम्पनीकाे सेयरमूल्य ९.९२ प्रतिशतले बढेर ७ सय ७६ रूपैयाँ पुगेकाे छ ।

कम्पनीकाे याे तथ्यांकलाई नियाल्दा इन्साइडर ट्रेडिङकाे गन्ध परेकाे हाे की जस्ताे देखिन्छ । 

 

6062b21f3a10e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।