Like us!
Follow us!

आर्थिक अपराध गरेको भन्दै अजोड इन्स्योरेन्सविरुद्ध लगानीकर्ताद्वारा उजुरी दर्ता

आर्थिक अपराध गरेको भन्दै अजोड इन्स्योरेन्सविरुद्ध लगानीकर्ताद्वारा उजुरी दर्ता

लगानी खबर, काठमाडाैँ - अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले इन्साइडर ट्रेडिङ गरी आर्थिक अपराध गरेको भन्दै लगानीकर्ताले उजुरी दर्ता गरेका छन् ।

कम्पनीकाे उच्च व्यवस्थापनले ५० प्रतिशत हकप्रद घाेषणा पुर्व नै आफन्त र नातेदारका नाममा ठुलाे परिमाणमा सेयर खरिद गरेर मात्रै सूचना प्रकाशन गरेकाे देखिएकाे लगानीकर्ताकाे तर्क छ । 

धिताेपत्र बजारमा यसरी भित्री सूचनाकाे आधारमा गरिएकाे काराेबारलाई इन्साइडर ट्रेडिङ भनिने र याे आर्थिक अपराध रहेकाे उजुरीमा उल्लेख छ । त्यसैले यस अनियमिततामा संलग्न कम्पनीका ४ जना सञ्चालक, सीइओ, अध्यक्ष र सचिवलाई नियन्त्रणमा लिई आवश्यक छानबिन गरिदिन आग्रह गर्दै लगानीकर्ताले उजुरी दर्ता गरेका हुन् ।

याे पनि :

हामीले कुनै सूचना लिक गरेका छैनाैँ, विज्ञापन नपाएका मिडियाले उचाले : सीइओ, अजोड इन्स्योरेन्स

अजोड इन्स्योरेन्सको हकप्रदमा इन्साइडर ट्रेडिङ्गको गन्ध

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।