Like us!
Follow us!

एनआईबिएल एस क्यापिटलले नयाँ म्युचुअल फण्ड जारी गर्ने

एनआईबिएल एस क्यापिटलले नयाँ म्युचुअल फण्ड जारी गर्ने

लगानी खबर, काठमाडौं - एनआईबिएल एस क्यापिटल लि. योजना व्यवस्थापक तथा डिपोजिटरी रहने गरी “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने चौथों योजनाको रुपमा “एनआईबिएल समृद्धि फण्ड -२” नामको बन्दमुखी योजना संचालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको छ । 

१० वर्ष अवधिको यस योजनाको आकार १ अर्ब २० करोड रहेको छ । प्रति इकाई मूल्य १० रुपैयाँ दरको १२ करोड इकाई मध्ये बीजपूँजी बापत १० लाख इकाई योजना व्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धकका लागि गरी कुल निष्कासन गर्नेछ । इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागी बिक्री खुला गरिनेछ । 

यस योजनाको अवधि भर सामूहिक लगानी कोष नियमावली एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रहि इकाई बिक्री मार्फत संकलित रकमलाई जोखिम न्यूनिकरणका उपायहरु अपनाई विभिन्न क्षेत्र तथा वित्तीय उपकरणहरुमा लगानी गरिनेछ र सो लगानीबाट आर्जित मुनाफालाई इकाईधनीहरुलाई वार्षिक प्रतिफलको रुपमा वितरण गरिने उदेश्य रहेको योजना व्यवस्थापकले जनाएको छ  ।

यस योजनाले वार्षिक प्रतिफल को रुपमा २१.४३ प्रतिशत इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण गरिएको जनाएको छ । साथै यस योजनाको इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको अवधिसम्म इकाईहरु दोश्रो बजारमा खरिद बिक्री गर्न सकिने छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।