Like us!
Follow us!

लुम्बिनी जनरल इन्स्युरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा

लुम्बिनी जनरल इन्स्युरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा

लगानी खबर, काठमाडाैँ - लुम्बिनी जनरल इन्स्युरेन्सले ९.५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । 

कम्पनीले गत १३ असारसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउन पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । त्यसपछि मात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । 

लुम्बिनी जनरलको २९ असारमा बसेको साधारणसभाले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ९.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।