लगानी खबर, काठमाडाैँ - प्रभु बैंकका संस्थापक सेयरधनीहरुले शुक्रबार (भदौ २४ गते) देखि आफ्नो नाममा रहेको १ लाख १२ हजार २२४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका छन् ।
बैंकका संस्थापक सेयरधनी राजेश कुमार अग्रवाले ५६ हजार ११२ र श्रवण कुमार अग्रवाले ५६ हजार ११२ कित्ता सेयर बिक्रीमा ल्याएका छन् । प्रतिकित्ता सेयरको भाउ १८० रुपैयाँ तोकिएको छ ।
यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ ।
उक्त समयभित्र संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।