Like us!
Follow us!

अबदेखि विदेश जाँदा भुक्तानी गर्नुपर्ने बीमा र कल्याणकारी कोषको रकम इसेवाबाट भुक्तानी गर्न सकिने

अबदेखि विदेश जाँदा भुक्तानी गर्नुपर्ने बीमा र कल्याणकारी कोषको रकम इसेवाबाट भुक्तानी गर्न सकिने

लगानी खबर, काठमाडौँ -  वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले कल्याणकारी कोष र बीमाको रकम इसेवादेखि भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएको छ । यो सँगै वैदेशिक रोजगारमा जाँदा इसेवा खाता भएका व्यक्तिले सिधै इसेवाबाट भुक्तानी गर्न सक्नेछन् भने इसेवा खाता नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन पोइन्टबाट सहजै बीमा रकम भुक्तानी गर्न सक्नेछन् । सन नेपाल लाइफ इन्स्योरेन्सले जारी गर्ने वैदेशिक रोजगार म्यादी बीमाको इसेवा मार्फत भुक्तानी गर्न सकिन्छ ।  

यस्तै कल्याणकारी कोषको रकम व्यक्तिगत र संस्थागत दुबै किसिमको भुक्तानी गर्न सकिन्छ । आफैले वा आफ्नो साथीभाईको मद्दतबाट रोजगारको अवसर खोजी श्रम स्विकृती लिने प्रक्रियामा भएका व्यक्तिले इसेवाबाट व्यक्तिगत रूपमा कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ । यसैगरी पहिले रोजगारका लागि विदेश गईसकेको र पुनः सोही ठाउँमा जान भिसा नविकरण गर्ने व्यक्तिले पनि व्यक्तिगत रूपमा अनलाईन फारम भरी इसेवाबाट कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ ।

त्यस्तै, म्यानपावर मार्फत बैदेशिक रोजनकारमा पठाउने मेनपावर कम्पनीले पनि एक मुस्ट कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ । जसका लागि कम्पनीले इजाजत प्राप्त गरेको समयमा पाएको लट नम्बर प्रयोग गरी पनि इसेवाबाट रकम बुझाउन सकिनेछ ।  

वैदेशिक रोजगार कल्याणकारी कोषको शुल्क बुझाउन निम्न लिखित प्रक्रिया पुरा गर्नुपर्नेछ :

१. इसेवा खातामा लग इन गर्ने, 

२. सर्च बारमा “Foreign Employment Welfare Fund” लेखी देखाइएको आइकनमा थिच्ने,

३. व्यक्तिगत शुल्क बुझाउँदै हुनुहुन्छ भने “Individual" र म्यान पावरबाट शुल्क बुझाउँदै हुनुहुन्छ भने “Man Power” छनोट गर्ने,

४. व्यक्तिगत शुल्क बुझाउँदै हुनुहुन्छ भने पासपोर्ट नम्बर र म्यान पावरबाट शुल्क बुझाउँदै हुनुहुन्छ भने पासपोर्ट नम्बर साथै लट नम्बर दाखिला गरी “Check” मा थिच्ने, 

५. देखाइएको विवरण सबै ठिक छ भनी प्रमाणित गरी शुल्क तिर्ने ।

यसरी वैदेशिक रोजगार कल्याण कोषमा बुझाएको रकमको टिपोट राख्न चाहनुहुन्छ भने माथिल्लो दायाँ कुनामा देखिने PDF को आइकनमा थिची भुक्तानी विवरण डाउनलोड गर्न सकिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।