Like us!
Follow us!

सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट

लगानी खबर, काठमाडाैँ - सेयर बजारमा सामान्य गिरावट देखिएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६.७१ अंकले घटेर २१८६.७७ विन्दुमा झरेकाे छ । नेप्से ०.३१ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.६४ अंकले घटेर ४२०.४९ विन्दुमा झरेकाे छ ।

कूल २१८ वटा कम्पनीकाे ९५ लाख ४२ हजार ६ सय ७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २ करोड ९९ लाख ४ हजार २ सय ५१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये आज ४ वटा उपसमूहबाहेक सेयर बढेकाे छ । बाँकी ९ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

आज पनि शिवम् सिमेन्टकाे नै सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २५ कराेड ३४ लाख ३० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

बुधबार २ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । बलेफी हाइड्राेपावर र सामलिङ्ग पावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

यस दिन स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । बैंककाे सेयरमूल्य ३.९२ प्रतिशतले घटेर प्रतिकित्ता ४ सय ५६ रूपैयाँमा झरेकाे छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।