Like us!
Follow us!

रोकिएन नेप्सेको घट्ने क्रम : सेयर बजारमा दाेहाेराे अंककाे गिरावट

रोकिएन नेप्सेको घट्ने क्रम  : सेयर बजारमा दाेहाेराे अंककाे गिरावट

लगानी खबर, काठमाडाैँ - आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३४.७१ अंकले घटेर १९९२.६१ विन्दुमा झरेकाे छ । नेप्से १.७१ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ५.६१ अंकले घटेर ३७९.८८ विन्दुमा झरेको छ । 

कूल २१७ वटा कम्पनीकाे ३० लाख ६३ हजार ४ सय ५३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १६ करोड ८४ लाख ४२ हजार ४ सय ४४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै हाेटल तथा पर्यटन समूह घटेकाे छ । 

शुक्रबार काराेबार रकममा शिवम् सिमेन्टले अग्रता कायम गरेकाे छ । कम्पनीकाे ५ कराेड ५९ लाख ८३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज ग्लोबल आईएमई सम्मुनत योजना १ काे मूल्य सबैभन्दा धेरै बढेकाे छ । उक्त फण्डकाे मूल्य २.८२ प्रतिशतले बढेर ९ रूपैयाँ ८५ पैसा पुगेकाे छ । यस दिन हिमालयन उर्जा कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.४४ प्रतिशतले घटेर २ सय २६ रूपैयाँमा झरेकाे छ ।

हेराैँ सेयर तालिका :

62c7df9698ae4.JPG 62c7df9c4f654.JPG 62c7dfa2ebb7e.JPG 62c7dfa925f0a.JPG 62c7dfb04c02d.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।