Like us!
Follow us!

नेप्सेद्वारा योग्य संस्थागत लगानीकर्ताहरुलाई दर्ता हुन आग्रह

नेप्सेद्वारा योग्य संस्थागत लगानीकर्ताहरुलाई दर्ता हुन आग्रह

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले योग्य संस्थागत लगानीकर्ताहरुलाई दर्ता हुन फेरि पनि आग्रह गरेको छ । नेप्सेले आज दाेश्राे पटक सूचना जारी गर्दै योग्य संस्थागत लगानीकर्ताहरुलाई नेप्सेमा दर्ता हुन आग्रह गरेको हो । 

बुक बिल्डिङ्ग निर्देशिका, २०७७ बमोजिम योग्य संस्थागत लगानीकर्ताहरूलाई शिलबन्दी बोलकबोल मार्फत धितोपत्रका लागि आवेदन गर्नका लागि नेप्सेमा दर्ता गर्ने प्रयाेजनका लागि नेप्सेमा निवेदन पेश गर्न सबै योग्य संस्थागत लगानीकर्ताहरूलाई नेप्सेले आग्रह गरेकाे छ ।

62bae40040b62.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।