Like us!
Follow us!

शिखर इन्स्योरेन्सको हकप्रद सेयर डिम्याटमा जम्मा, तपाईँको खातामा आयो की आएन ?

शिखर इन्स्योरेन्सको हकप्रद सेयर डिम्याटमा जम्मा, तपाईँको खातामा आयो की आएन ?

लगानी खबर, काठमाडाैँ - शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बिक्री गरेको ३० प्रतिशत हकप्रद सेयर लगानीकर्ताको हितग्राही खातामा गरिएको कम्पनीले जनाएको छ  । 

कम्पनीले माघ २० गतेसम्म सेयर अभौतिकिकरण  गराएका लगानीकर्ताको खातामा सेयर पठाईएको र सो मिति भन्दा पछि सेयर अभौतिकिकरण  गराएकालाई क्रमश सेयर पठाईने कम्पनीले जनाएको छ । सेयर अभौतिकिकरण नगराएकाहरुलाई शेयर डिम्याट गराउन कम्पनीले आग्रह गरेको छ  ।  

लगानीकर्ताहरूले सेयर रजिष्ट्रार प्रभु क्यापिटलमा गई सेयर अभौतिकिकरण गराउन कम्पनीले आग्रह गरेको छ  ।  सेयर धितो राखी कर्जा लिएको भए शेयर रोक्का नै हुने गरी बोनस सेयर जम्मा गरिएको र कर्जा तिरिसकेको भए बैंक वित्तीय संस्थामा सम्पर्क गरि रोक्का फुकुवा गराउन कम्पनीले आग्रह गरेको छ  ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।