लगानी खबर, काठमाडाैँ - नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको नेतृत्वमा सेयर लगानीकर्ताहरूले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट गरेका छन् । प्रधानमन्त्रीसँग भेटवार्ता गरी उनीहरूले ४ बुँदे माग समेत पेश गरेका छन् ।
सेयर धितो कर्जामा लगाइएको ४ १२ को क्याप पूर्ण रूपमा खारेज गर्ने, CCD लाई CD मा कायम गरिएकाेमा यसलाई खारेज गरी पून: CCD नै कायम गर्ने, भारित औषत दर १५० लागू गर्ने निर्णय भएकोमा सो निर्णय खारेज गरी पूरानै भारित औषत दर १०० कायम गर्ने, पूँजी बजारलाई ७ प्रदेश र ७७ जिल्लामा विकास र विस्तार गर्न बैंकलाई ब्रोकर लाइसेन्स दिने लगायतका माग समावेश गरिएको ज्ञापनपत्र प्रधानमन्त्री देउवालाई बुझाइएको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।