Like us!
Follow us!

राष्ट्र बैंकको नीतिले लगानीकर्तालाई सडकमा ल्यायो : सांसद पुष्पा भुषाल

राष्ट्र बैंकको नीतिले लगानीकर्तालाई सडकमा ल्यायो : सांसद पुष्पा भुषाल

लगानी खबर, काठमाडाैँ - नेपाली कांग्रेसकी सांसद पुष्पा भुषालले राष्ट्र बैंककाे नीतिले लगानीकर्तालाई सडकमा ल्याएकाे बताएकी छिन् ।

राष्ट्र बैंकले सेयर धितो कर्जामा ४ /१२ करोडको क्याप लगाउने नीति लिएका कारण लगानीकर्ताहरु सडकमा आउनुपर्ने स्थिति बनेको बताउँदै सो नीतिलाई संशोधन गर्न माग गरेकी छिन् ।

उनले भनिन्, 'अहिले ५२ लाखले डिम्याट खाता खोलेर बजारमा लगानी गर्नुभएको छ भने १० देखि १५ लाख लगानीकर्ता दोश्रो बजारमा कारोबार गर्नुहुन्छ। राष्ट्र बैंकको नीतिले लगानीकर्तालाई सडकमा आउने स्थिति बनाएको छ। माननीय अर्थमन्त्रीज्यू मार्फत राष्ट्र बैंकको नीति संशोधन गर्न अनुरोध गर्दछु।'

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।