लगानी खबर, काठमाडाैँ - प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टकाे स्वामित्वमा रहेकाे एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे संस्थापक समूहकाे सेयर आज (जेठ १८ गते, बुधबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे छ । संस्थाकाे ५० हजार कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय २५ रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
उक्त सेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले जेठ २५ गते, बुधबारसम्म न्युनतम २५ हजार कित्तादेखि अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, संस्थाकाे सेयर निष्कासन तथा बिक्री प्रबन्धककाे काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडाैँमा आइपुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।