Like us!
Follow us!

मौद्रिक नीतिको समिक्षा भएकाे दिन : सेयर बजारमा १५.८२ अंककाे गिरावट

मौद्रिक नीतिको समिक्षा भएकाे दिन : सेयर बजारमा १५.८२ अंककाे गिरावट

लगानी खबर, काठमाडाैँ - आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.८२ अंकले घटेर २२२३.७८ विन्दुमा झरेकाे छ । नेप्से ०.७१ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.४० अंकले घटेर ४३३.०७ विन्दुमा झरेको छ । 

कूल २२३ वटा कम्पनीकाे ४१ लाख ४० हजार ६ सय ६५ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २९ करोड ८९ लाख ५ हजार ५ सय ९० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज हाेटल तथा पर्यटनबाहेक सबै वटा उपसमूहकाे सेयर घटेको छ ।

बिहीबार काराेबार रकममा प्रभु बैंककाे संस्थापक सेयरले अग्रता कायम गरेकाे छ । कम्पनीकाे १७ कराेड ६० लाख ७५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

त्यसैगरी, आज रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै नाफा कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ६.१३ प्रतिशतले बढेर ९ सय रूपैयाँ पुगेकाे छ । यस दिन राष्ट्रिय बीमा कम्पनीकाे संस्थापक सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे संस्थापक  सेयरमूल्य ३.८९ प्रतिशतले घटेर १३ हजार ८ सय ८८ रूपैयाँमा झरेकाे छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।