Like us!
Follow us!

सेयर बजारमा दाेहाेराे अंककाे गिरावट, काराेबार रकम एक अर्ब ३० करोडमा सिमित

सेयर बजारमा दाेहाेराे अंककाे गिरावट, काराेबार रकम एक अर्ब ३० करोडमा सिमित

लगानी खबर, काठमाडाैँ - सेयर बजारमा दाेहाेराे अंककाे गिरावट अंककाे गिरावट देखिएकाे छ । काराेबार रकम पनि एक अर्ब ३० करोडमा सिमित भएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक २३.५१ अंकले घटेर २२५०.९१ विन्दुमा झरेकाे छ । नेप्से १.०३ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.८८ अंकले घटेर ४३७.२१ विन्दुमा झरेको छ । 

कूल २१९ वटा कम्पनीकाे ३७ लाख ९८ हजार २ सय ६३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३० करोड ९ लाख ८१ हजार ९ सय ९६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक सबै वटा उपसमूहकाे सेयर घटेको छ ।

बिहीबार काराेबार रकममा प्रभु बैंककाे संस्थापक सेयरले अग्रता कायम गरेकाे छ । कम्पनीकाे १२ कराेड ८१ लाख ७९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै नाफा कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ७.४५ प्रतिशतले घटेर ५ सय १९ रूपैयाँ पुगेकाे छ । यता लुम्बिनी जनरल इन्स्याेरेन्सकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ७.०८ प्रतिशतले घटेर ५ सय २५ रूपैयाँमा झरेकाे छ ।

सेयर तालिका हेर्नुहाेस् :  

628611ec43301.jpg 628611f8115f9.jpg 6286120146455.jpg 62861208e8dd4.jpg 628612145e1c0.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।