Like us!
Follow us!

रिडी हाइड्रोकाे नाफामा उछाल, ईपीएसमा छलाङ !

रिडी हाइड्रोकाे नाफामा उछाल, ईपीएसमा छलाङ !

लगानी खबर, काठमाडाैँ - रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीले ४८ करोड ३८ लाख ४० हजार रूपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षको तुलनामा २१५८.४० प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा कम्पनीले २ करोड १४ लाख २४ हजार रूपैयाँ नाफा कमाएकाे थियो।

समिक्षा अवधिसम्म कम्पनीले रिडीखाेलाकाे विद्युत बिक्री गरी ४ कराेड २३ लाख ८१ हजार रूपैयाँ, बुटवल साेलारकाे विद्युत बिक्री गरी ६ कराेड ५८ लाख ९७ हजार रूपैयाँ र अन्य श्राेतबाट ६० कराेड ५१ लाख ९४ हजार गरी कूल ७१ कराेड ३४ लाख ७३ हजार रूपैयाँ  आम्दानी गरेकाे छ । गत वर्षको यसै अवधिमा कम्पनीकाे कुल आम्दानी ८ कराेड एक लाख ३४ हजार रूपैयाँ रहेकाे थियाे । कम्पनीकाे आम्दानीमा उल्लेख्य वृद्धि भएपछि नाफामा पनि ब्यापक वृद्धि देखिएकाे हाे । 

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ५८ करोड ५५ लाख ५८ हजार रुपैयाँ र जगेडा कोषमा ४८ करोड ४१ लाख ३६ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीकाे प्रतिसेयर आम्दानी (ईपीएस) ११० रुपैयाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ ६८ पैसा रहेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।