Like us!
Follow us!

ऋण तिर्न नसक्दा घरमा आगो लगाइदिएको गुनासो

ऋण तिर्न नसक्दा घरमा आगो लगाइदिएको गुनासो

लगानी खबर, काठमाडौं - सप्तरीको कदमाहामा सञ्चालित मेरो माइक्रोफाइनान्स लघुवित्त बैंकका कर्मचारीहरुमाथि ऋण तिर्न नसक्दा ऋणीको घरमा आगो लगाइदिएको आरोप लागेको छ ।

सुरुङ्ग नगरपालिका-३ लक्ष्मीपुरकी सरस्वती सिंहको घरमा गत ५ वैशाखमा बैंकका कर्मचारीहरुले आगो लगाइदिएको पीडितको आरोप छ ।

समयमै ऋण तिर्न नसक्दा सरस्वतीकी ९२ वर्षीया हजुर सासुआमा लालोदेवी महतोलाई गालीगलौज गरी उनको दुईवटा भैसी खोलेर लान लाग्दा बैंककै महिला कर्मचारीले बिँडी सल्काई आफ्नो घरमा आगो लगाएको आरोप लागेकाे छ ।  

आगलागीबाट २४ लाख ३६ हजार बारबरको धनमाल नष्ट भएको सिंहले बताइन् । उनले संस्थाबाट क्षतिपूर्ति उपलब्ध गराइदिन मागसहित प्रहरीमा उजुरी दिएकी छिन् । 

लघुवित्त संस्थाका शाखा प्रवन्धक महादेवचौधले संस्थाका कर्मचारीले आगो नलगाएको, तर भैसी चाहिँ ल्याएको बताए। ३ असार ०७८ मा ५० हजार र ६ असोजमा दुई लाख गरी दुईपटक ऋण लिएकी सरस्वतीले दुई लाखको १२ हजार पाँच सयका दरले पाँच किस्ता र ६ हजारका दरले ५० हजारको नौ किस्तासमेत बुझाइसकेको प्रबन्धक चौधरीको भनाइ छ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।