Like us!
Follow us!

सनराइज फर्स्ट म्युचुअल फण्डले तोक्यो बुकक्लोज मिति

सनराइज फर्स्ट म्युचुअल फण्डले तोक्यो बुकक्लोज मिति

लगानी खबर, काठमाडौं – सनराइज फर्स्ट म्युचुअल फण्डले नगद लाभांश वितरण गर्ने प्रयाेजनार्थका लागि बुकक्लोज मिति ताेकेकाे छ ।फण्डले नगद लाभांश वितरण गर्नको लागि असाेज ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हाे ।  त्यसैले असाेज १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

आर्थिक वर्ष २०७६/०७७ का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीहरूलाई कर सहित ७ प्रतिशतका दरले हुन आउने ६ कराेड २ लाख रूपैयाँ बराबरकाे नगद लाभांश वितरण गर्ने घाेषणा गरिएकाे छ ।

फण्डले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5f66b2fb874e1.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।