लगानी खबर, काठमाडौं - स्थिर तलब र कर्मचारी अभावको विरोधमा अस्ट्रेलियाको न्यु साउद वेल्सका हजारौं नर्सहरु आन्दोलनमा उत्रिएका छन् । नर्सहरुको युनियन र स्वास्थ्यमन्त्री ब्राड हजार्डबीच सम्पन्न वार्ता विफल भएपछि नर्सहरु आन्दोलनमा उत्रिएका हुन् । राज्यमा एक दशकपछि पहिलो पटक नर्सहरुले विरोध गरेका हुन् ।
ओमिक्रोन संक्रमणमा एउटा पछिल्लो बृद्धिले देशमा परीक्षा र अस्पताल प्रणालीमा दबाब परेको छ । न्यु साउद वेल्समा भएका केसहरु अस्ट्रेलियाको २५ लाख संक्रमणहरुको ठूलो हिस्सा हो ।
हजारौं नर्स र अन्य स्वास्थ्यकर्मी एनएसयूको सबैभन्दा ठूलो जनसंख्या भएको सहर सिड्नीमा मार्च गरेका थिए । उनीहरुमध्ये कतिपयले व्यक्तिग सुरक्षात्मक उपकरणहरु र नर्सका पोसाक लगाएका थिए ।
उनीहरूको मागमा नर्स र विरामीको अनुपातदेखि २दशमलब ५ प्रतिशत समावेश छ । एजेन्सी
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।