Like us!
Follow us!

नबिल बैंकले ल्यायाे चाडपर्व योजना

नबिल बैंकले ल्यायाे चाडपर्व योजना

लगानी खबर, काठमाडौं – कोभिड १९ महामारीको प्रभावका कारण धेरै नेपालीहरू आर्थिक कठिनाईमा छन् । यस कठिन समयमा नबिल बैंकले सँगै अघि बढ्ने आफ्नो उद्देश्य अनुरूप व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा अत्यन्त आकर्षक योजना सुरू गरेको छ ।

नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याजदर आर्जन प्रदान गर्ने र कर्जाको हकमा सोको लागत घटाउने हुनाले यस योजनाले महामारीको कारण हुने आर्थिक कठिनाइ कमगर्न मद्दत पुर्याउने छ भन्ने बैंकले आशा गरेको छ ।

यस योजना अन्तर्गत १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरूलाई वार्षिक ९% ब्याजदर प्रदान गरिनेछ । त्यस्तै गरी १ वर्षसम्मको मुद्दती खातामा बैंकले ८.५% ब्याजदर प्रदान गर्दैछ । २ वर्षभन्दा माथि र ५ वर्षसम्मका व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५% ब्याजदर र ५ वर्षभन्दा माथिका व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.५०% ब्याजदर प्रदान गरिनेछ । 

साथै, कर्जा अन्तर्गत निम्न बमोजिमको ब्याजदरमा कर्जा प्रदान गर्ने निर्णय गरेको छ ।
     घर कर्जामा : ७.४९ %
     धितो कर्जामारव्यक्तिगत ओभरड्राफ्टमा : ७.९९ %
     साना तथा मझौला कर्जामा :
   एक करोड रूपैयाँसम्मको कर्जामा : ७.४९ %
    एक करोड रूपैयाँ भन्दा माथिको कर्जामा : ७.९९ %

त्यसैगरी, यस योजना अन्तर्गत प्रदान गरिएका कर्जाहरूमा एक वर्षसम्म ब्याजदर परिवर्तन नगरिने पनि बैंकले जनाएकाे छ ।
 


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।