Like us!
Follow us!

बजार घट्दा पनि यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक बढ्यो

बजार घट्दा पनि यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक बढ्यो

लगानी खबर, काठमाडौँ - आज (बुधबार) सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २२.११ अंकले घटेर २८१३.७४ विन्दुमा झरेको छ ।

घटेको बजारमा आज लिवर्टी इनर्जी कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयरमूल्य आज ३.०८ प्रतिशतले बढेर ४ सय १ रूपैयाँमा अन्तिम कारोबार भएको छ । 

त्यस्तै सर्वाधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : आरम्भ चौतारी लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, लाईफ इन्स्योरेन्स कम्पनी नेपाल, मैलुङ खोला जलविद्युत कम्पनी, सिइडिबी हाइड्रोपाव, नबिल डिबेञ्चर २०८५, ग्लोबल आइएमई समुन्नत स्किम १, नेपाल फाइनान्स लिमिटेड र आरबिबि म्युचुअल फण्ड १ रहेका छन् । 

6203952d1e522.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।