लगानी खबर, काठमाडौँ - करोबार हुने हप्ताको पहिलो दोस्रो आज (सोमबार) सेयर बजारमा वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १५.६९ अंकले बढेर २८५१.८६ विन्दुमा पुगेको छ ।
बढेको बजारमा आज सबै भन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको पहिलो नम्बरमा नेपाल इन्फ्रस्टक्चर बैंक लिमिटेड रहेको छ । आज बैंकको ४९ करोड ३४ लाख ४९ हजार ८ सय ३९ रूपैयाँको कारोबार भएको हो ।
त्यस्तै सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : नेशनल हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, नेपाल टेलिकम, नेपाल लाईफ इन्स्योरेन्स, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपि पावर, अपर तामाकोशी हाइड्रोपाव, नेपाल हाइड्रो डेभलपर्स र अरुण काबेली पावर रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।