Like us!
Follow us!

रिडी हाइड्रोको नाफामा उछाल, ईपीएसमा छलाङ

रिडी हाइड्रोको नाफामा उछाल, ईपीएसमा छलाङ

लगानी खबर, काठमाडौं - रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ४६ करोड ९८ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २३२४.३५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले एक करोड ९३ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसैगरी, दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ६७ करोड ४४ लाख ७२ हजार रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ४ करोड ६६ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ५८ करोड ५५ लाख ५८ हजार रुपैयाँ र जगेडा कोषमा ४७ करोड एक लाख ६१ हजार रूपैयाँ रहेको छ । दोस्रो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १६० रुपैयाँ ४८ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ २९ पैसा पुगेको छ । कम्पनीको वार्षिक मूल्य आम्दानी अनुपात ५.२२ गुणा रहेको छ ।

हेर्नुहोस् कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण :

6200a82adc296.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।