Like us!
Follow us!

हिमालय ऊर्जा नोक्सानमा, अधिकांश सूचक ऋणात्मक

हिमालय ऊर्जा नोक्सानमा, अधिकांश सूचक ऋणात्मक

लगानी खबर, काठमाडौं - हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनी १ लाख ४० हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ३ लाख १२ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । 

यसैगरी, दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि घटेको छ । कम्पनीले गत आर्थिक वर्षको यसै अवधिमा अन्य स्रोतबाट ६९ हजार १ सय ५९ रुपैयाँ आम्दानी गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा घटेर २ हजार ७ सय ३४ रुपैयाँमा सीमित भएको छ । 

त्यसैगरी, हाल कम्पनीको चुक्ता पूँजी ९९ करोड रूपैयाँ रहँदा जगेडा कोष भने ८५ लाख २४ हजार रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ०.०१४ पैसा ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ १४ पैसा रहेको छ । 

हेर्नुहोस् कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण :

61fcba4d013ef.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।