Like us!
Follow us!

नबिल बैंकको ऋणपत्रले कति पायो रेटिङ ?

नबिल बैंकको ऋणपत्रले कति पायो रेटिङ ?

लगानी खबर, काठमाडौँ - नबिल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएकाे छ । बैंकले ऋणपत्र निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ पनि गराएको छ । बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले ‘केयर एनपि एल डबल ए माइनस’  रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीकाे अधारभुत पक्ष कम जोखिम रहेकाे देखाउँछ ।

बैंकले २ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नको लागि रेटिङ गराएको हो । तर हालसम्म बैंकले नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा भने ऋणपत्र निष्कासन गर्न निवेदन पेश गराएकाे छैन । बाेर्डले अनुमती प्रदान गरेपश्चात मात्र बैंकले ऋणपत्र निष्कासन गर्दछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।