लगानी खबर, काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप एक हजार ५ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या ५८ हजार ३ सय २७ जना पुगेकाे छ ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएकाे परीक्षणमा थप एक हजार ५ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।
त्यसैगरी, बुधबार थप एक हजार ६८ जना डिस्चार्ज भएका छन् । याे सँगै कुल डिस्चार्ज हुनेको संख्या ४१ हजार ७ सय ६ पुगेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।