Like us!
Follow us!

बजार बढ्दा पनि यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक घट्यो

बजार बढ्दा पनि यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक घट्यो

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३.२९ अंकले बढेर २७७९.९३ विन्दुमा पुगेको छ ।

झिनो अंककले बढेको बजारमा आज सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य सर्वाधिक घटेको छ । आज बैंको सेयर मूल्य ४.१४ प्रतिशतले घटेर ३ सय ४५ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ ।

त्यस्तै सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : युनाइटेड इदिमर्दि आरबी हाइड्रोपावर, नबिल इक्वीटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२, एनएमबी माइक्रोफाइनान्स, घलेम्दी हाइड्रो, सानिमा इब्वीटी फण्ड, स्वाभिमान लघुवित्त, कर्णाले डेभलपमेन्ट बैंक र विजय लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । 

61f2732051e29.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।