Like us!
Follow us!

ग्लोबल आइएमई समुन्नत योजना– १ ले तोक्यो बुकक्लोज मिति

ग्लोबल आइएमई समुन्नत योजना– १ ले तोक्यो बुकक्लोज मिति

लगानीखबर काठमाडौं, ग्लोबल आइएमई समुन्नत योजना – १ ले नगद लाभांश वितरण गर्ने प्रयाेजनार्थका लागि बुकक्लोज मिति ताेकेकाे छ । योजनाले नगद लाभांश वितरण गर्नको लागि असाेज ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हाे ।  त्यसैले असाेज ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

आर्थिक वर्ष २०७६/०७७ का लागि ग्लोबल आइएमई समुन्नत योजना – १ का इकाईधनीहरूलाई कर सहित ४ प्रतिशतका दरले हुन आउने ४ कराेड रूपैयाँ बराबरकाे नगद लाभांश वितरण गर्ने घाेषणा गरिएकाे छ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।