लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३२.९६ अंकले बढेर २९३१.२६ विन्दुमा पुगेको छ ।
दोहोरो अंकले बढेको बजारमा आज आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले सर्वाधिक करोबार गरेको छ । आज कम्पनीले २२ करोड २० लाख ५३ हजार ४ सय १६ रूपैयाँको कारोबार भएको छ ।
त्यस्तै सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : अपि पावर कम्पनी, शिखर इन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर, नेपाल टेलिकम, गुराँस लाईफ इन्स्योरेन्स, अपर तामाकोशी हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, एनआसी एशिया बैंक र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।