Like us!
Follow us!

मंगलबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

मंगलबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको तेस्रो दिन आज (मंगलबार) सेयर बजारमा गिरावट आएको छ  । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १०.७८ अंकले घटेर २९३६.६६ विन्दुमा झरेको छ ।

घटेको बजारमा आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज कम्पनीको सेयर मूल्य ५ प्रतिशतले घटेर १ हजार ५ सय ४० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यस्तै, सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : कर्पोरेट डेभलपमेन्ट बैंक, १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर २०८३, पञ्चकन्यामाई हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, सिन्घु विकास बैंक, जानकी फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, १२ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ र युनियन हाइड्रोपावर लिमिटेड रहेका छन् । 
 

61e68c8097dbd.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।