Like us!
Follow us!

आज मधेस प्रदेशमा बिदा

आज मधेस प्रदेशमा बिदा

लगानी खबर, काठमाडाैँ - मधेस प्रदेशमा आज मंगलबार सार्वजनिक बिदा घाेषणा गरिएकाे छ । साेमबार मात्र जनकपुरधाममा राजधानी र नाम मधेस प्रदेश कायम भएपछि खुसीयालीमा बिदा दिइएकाे हाे । 

प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। सोमबारको प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुर रहने पक्षमा बहुमत पुगेको थियो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।