Like us!
Follow us!

नेप्सेमा बुद्धभुमि हाइड्रोको आईपीओ सूचिकृत, सोमबारबाट कारोबारमा आउने

नेप्सेमा बुद्धभुमि हाइड्रोको आईपीओ सूचिकृत, सोमबारबाट कारोबारमा आउने

लगानी खबर, काठमाडौं - आज (आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुद्धभुमि नेपाल हाइड्रोपावरको लिमिटेडको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि (BNHC) सिम्बोल पाएको छ ।

स्टकका अनुसार कम्पनीको ४० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो । अब सोमबारबाट दोश्रो बजारमा कम्पनीको कारोबार सुरू हुनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । उक्त आईपीओ असोज २२ गते, शुक्रबार गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो ।

सो आईपीओमा २० लाख ३० हजार ९ सय ५५ जना आवेदकहरूले आवेदन दिएका थिए । जसमध्य ७४ हजार ४ सय आवेदकले १० कित्ताको दरले सेयर हात पारेका थिए । 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४ रूपैयाँ ०५ पैसादेखि अधिकतम २ सय ५२ रुपैयाँ १५ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

सूचना हेर्नुहोस् :

61e3c9ba4f479.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।