Like us!
Follow us!

बुद्धभुमि नेपालको आईपीओ डिम्याट खातामा जम्मा, कति पाउला ओपनिङ रेञ्ज ?

बुद्धभुमि नेपालको आईपीओ डिम्याट खातामा जम्मा, कति पाउला ओपनिङ रेञ्ज ?

लगानी खबर, काठमाडौं - बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) शेयरधनीहरुको हितग्राही खाता ‘डिम्याट’मा जम्मा भएको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि BNHC सिम्बोल प्राप्त गरेको छ ।

हाल कम्पनीको उक्त आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । यसै साता सूचीकरण सम्पन्न गरी कारोबार सूरू गर्ने तयारी गरिएको छ । नेप्सेमा सूचिकृत भएपछि लगानीकर्ताले उक्त सेयर कारोबार गर्न सक्नेछन्  । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । उक्त आईपीओ असोज २२ गते, शुक्रबार गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो ।

सो आईपीओ २० लाख ३० हजार ९ सय ५५ जना आवेदकहरूले आवेदन दिएका थिए । जसमध्य ७४ हजार ४ सय आवेदकले १० कित्ताको दरले सेयर हात पारेका थिए । 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४ रूपैयाँ ०५ पैसादेखि अधिकतम २ सय ५२ रुपैयाँ १५ पैसासम्म ओपनिङ रेञ्ज  (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को  प्रतिसेयर नेटवर्थ ८४ रूपैयाँ ०५ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा २ सय ५२ रुपैयाँ १५ पैसा हुन्छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।