लगानी खबर, काठमाडौँ - आज (बुधबार) सेयर बजारमा सामान्य वृद्धि भएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ५.५१ अंकले बढेर २५२४.५० विन्दुमा पुगेको छ ।
सामान्य अंकले बढेको बजारमा आज मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर १ सय ४६ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ ।
त्यस्तै सर्वाधिक सेयर मूल्य बढ्ने अन्यकम्पनीहरुमा क्रमश : नेपाल बंगलादेश बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर सेयर, प्राइम इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, आरएमडिसी लघुवित्त, गोर्खाज फाइनान्स, नबिल ब्यालेन्स फण्ड, नेशनल माइक्रोफाइनान्स र नबिल प्रगति फण्ड रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।