Like us!
Follow us!

बुधबार यी १० कम्पनीले गरे सर्वाधिक कारोबार

बुधबार यी १० कम्पनीले गरे सर्वाधिक कारोबार

लगानी खबर, काठमाडौँ - आज (बुधबार) पनि सेयर बजार उच्च अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ९२.१६ अंकले बढेर २५०७.७० विन्दुमा पुगेको छ ।

उच्च अंकले बढेको बजारमा आज आज पनि हिमालयन डिस्टिलरी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६८ करोड ३४ लाख ५० हजार ६ सय ५२ रूपैयाँको कारोबार भएको छ । अघिल्लो दिन पनि हिमालयन डिस्टिलरी लिमिटेडकै सर्वाधिक कारोबार भएको थियो ।

त्यस्तै, आज सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : अपर तामाकोशी हाइड्रोपावर, अरुणभ्याली हाइड्रोपावर, गोर्खाज फाइनान्स, नबिल बैंक, अपि पावर कम्पनी, नेशनल हाइड्रोपावर, महालक्ष्मी विकास बैंक, हाइड्रोइलेट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र अरुण काबेली पावर रहेका छन् । 
 

61c2f75d4735c.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।