लगानी खबर, काठमाडौँ - कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) सेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचकमा गिरावट आउँदा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १७.९३ अंकले घटेर २३५८.८१ विन्दुमा झरेको छ । नेप्से ०.७५ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि २.३४ अंकले घटेर ४५१.१९ विन्दुमा झरेको छ ।
कूल २३१ वटा कम्पनीको ५४ लाख ३९ हजार ८७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८ सय ६३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ उपसमूहको सेयर घटेको छ भने २ उपसमूहको सेयर बढेको छ । आज सबैभन्दा धेरै डेभलपमेन्ट बैंक समूहको सेयर घटेको छ ।
आज गोर्खाज फाइनान्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । आज फाइनान्सको १९ करोड २७ लाख १० हजार ६ सय ५१ रूपैयाँको कारोबार भएको छ ।
सोमबार गोर्खाज फाइनान्स र हिमालयन डिस्टिलरी लिमिटेडको सेयर मूल्य सर्वाधिक बढेको छ । आज गोर्खाज फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर १ हजार १५ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ, त्यस्तै हिमालयन डिस्टिलरी लिमिटेडको १० प्रतिशतले बढेर ६ हजार २ सय ३७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यसैगरी, माउन्टेन इनर्जी नेपाल लिमिटेडको सेयर मूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको सेयर मूल्य ६.१७ प्रतिशतले घटेर १ हजार १५ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ ।
हेर्नुहोस् आजको तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।