लगानी खबर, काठमाडौँ - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचकमा गिरावट आएपनि सेन्सेटिभ परिसूचक भने हरियो देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ५.८४ अंकले घटेर २४४९.९७ विन्दुमा झरेको छ । नेप्से ०.२४ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक भने ०.४३ अंकले बढेर ४६५.२३ विन्दुमा पुगेको छ ।
कूल २३१ वटा कम्पनीको ६२ लाख २३ हजार ७ सय २१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७ सय ९२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १० उपसमूहको सेयर घटेको छ भने बाँकी ३ उपसमूहको सेयर बढेको छ । आज सबैभन्दा धेरै व्यापार समूहको सेयर घटेको छ ।
आज हिमालयन डिस्टिलरी लिमिटेड सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ८ करोड ८५ लाख ५२ हजार २ सय ५ रूपैयाँको कारोबार भएको छ ।
बिहीबार सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य सर्वाधिक बढेको छ । आज कम्पनीको सेयर मूल्य ४.५५ प्रतिशतले बढेर ४ सय १८ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको सेयर मूल्य ५.८२ प्रतिशतले घटेर १ हजार १ सय रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
हेर्नुहोस् आजको तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।