Like us!
Follow us!

प्राविधिक समस्याका बाबजुत दोहोरो अंकले बढ्यो शेयर बजार !

प्राविधिक समस्याका बाबजुत दोहोरो अंकले बढ्यो शेयर बजार !

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएर कारोबार स्थगित हुँदा पनि आज (आइतबार) शेयर बजार दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक १६.५६ अंकले बढेर एक हजार ५३७.२५ मा पुगेकाे छ । नेप्से १.०९ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.५९ अंकले बढेर ३०३.९७ मा पुगेको छ ।

कूल १९१ वटा कम्पनीकाे ७१ लाख ७९ हजार ८ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ३७ करोड ४१ लाख रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ३ वटा उपसमूहकाे शेयर भने घटेकाे छ ।

हेराैं आजकाे शेयर तालिका :

5f5e0578e4107.jpg 5f5e058150cbe.jpg 5f5e058e78b02.jpg 5f5e059921b93.jpg 5f5e05a2767c1.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।