लगानी खबर, काठमाडौँ - कारोबार हुने हप्ताको तेस्रो दिन आज (मंगलबार) सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन (सोमबार) दोहोरो अंकले वृद्धि भएको सेयर बजारमा आज भने गिरावट आएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १५.१८ अंकले घटेर २५३०.९० विन्दुमा झरेको छ । नेप्से ०.६० प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक भने २.८६ अंकले घटेर ४७८.११ विन्दुमा पुगेको छ ।
कूल २३१ वटा कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ४ सय रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको सेयर घटेको छ भने १ उपसमूहको सेयर बढेको छ । आज सबैभन्दा धेरै फाइनान्स समूहको सेयर घटेको छ ।
आज प्राइम कमर्सियल बैंकको सर्वाधिक कारोबार भएको छ । आज बैंकको १२ करोड ३६ लाख ४७ हजार ८ रूपैयाँको कारोबार भएको छ ।
मंगलबार सिटिजन्स म्युचुअल फण्ड २ को सेयरमूल्य सर्वाधिक बढेको छ । आज फण्डको सेयर मूल्य ४.६५ प्रतिशतले बढेर १० रुपैयाँ १३ पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै आइसिएफसि फाइनान्सको सेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको सेयर मूल्य ७.६५ प्रतिशतले घटेर ७ सय १२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
हेर्नुहोस् आजको तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।