Like us!
Follow us!

सोमबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लगानी खबर, काठमाडौं - आज (सोमबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ भने चाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार (आइतबार)  छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएकोमा आज १ सय रुपैयाँले घटेर   प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । आइतबार तेजबी सुनको मूल्य ९१ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज सोमबार चाँदीको मूल्य भने बढेको छ । आइतबार १ हजार २ सय १० रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलाको १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 

61a463ba1e5ac.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।