Like us!
Follow us!

३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

लगानी खबर, काठमाडाैँ  - विभिन्न ३ वटा कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज (मंसिर ९ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भाेलि मंसिर १० गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (मंसिर ९ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकको कार्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको ३५ औँ वार्षिक साधारण सभा मंसिर २८ गते, मंगलबार बैंकको केन्द्रिय कार्यलय, बानेश्वर, काठमाडौँमा बिहान १० बजेदेखि अनलाईन माध्यामबाट सुरू हुनेछ । सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसैगरी, प्राइम लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भाेलि मंसिर १० गते बुकक्लोज गर्ने भएको छ । त्यसैले, आज (मंसिर ९ गते, बिहीबार) सम्म कायम सेयरधनीहरूले मात्र उक्त लाभांश पाउनेछन् । कम्पनीकाे कार्तिक २३ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैधाैँ वार्षिक साधारण सभा मंसिर १९ गते, आइतबार हुनेछ । सभामा कम्पनीकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै, बैंक अफ काठमाण्डू लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भाेलि मंसिर १० गतेदेखि मंसिर २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (मंसिर ९ गते, बिहीबार) सम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंककाे कार्तिक २९ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे सत्ताइसाैँ वार्षिक साधारण सभा मंसिर २९ गते, बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँमा हुनेछ । सभामा बैंकको कार्तिक ८ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।