Like us!
Follow us!

गिरावट आएको बजारमा यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

गिरावट आएको बजारमा यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

लगानी खबर, काठमाडौँ  - कारोबार हुने हप्ताको तेस्रो दिन आज (मंगलबार) सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३२.२९ अंकले घटेर २७३३.१४ विन्दुमा झरेको छ ।

घटेको बजारमा आज आइसिएफसि फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । आज कम्पनीको सेयर मूल्य ५.८४ प्रतिशतले घटेर ८ सय १९ रुपैयाँ २० पैसामा अन्तिम करोबार भएको छ । 

त्यसैगरी, सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : एनआइबिएल प्रगति फण्ड, नारायणी डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, सिङगटी हाइड्रो इनर्जी लिमिटेड, मल्टीपर्पस फाइनान्स, पोखरा फाइनान्स, खानीखोला हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेड र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड रहेका छन् । 

619cb962d9cd7.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।