Like us!
Follow us!

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

लगानी खबर, काठमाडौँ - आज (बुधबार) पनि सेयर बजार बढेको छ । मंगलबार पनि सेयर बजार ६९.२२ अंकले बढेर २७८४.५७ विन्दुमा पुगेको थियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १६.९५ अंकले बढेर २८०१.५२ विन्दुमा पुगेको छ । नेप्से ०.६१ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ३.९८ अंकले बढेर ५२५.४४ विन्दुमा पुगेको छ । 

कूल २२४ वटा कम्पनीको १ करोड १९ लाख ४३ हजार ८ सय ५८ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८ सय २० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ७ उपसमूहको सेयर बढेको छ भने ६ उपसमूहको सेयर घटेको छ ।

बुधबार नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको ५८ करोड ६८ लाख ६२ हजार ९ सय ५५ रूपैयाँ बराबरको सर्वाधिक कारोबार भएको छ ।

यस दिन पञ्चकन्या माइ हाइड्रोपावर र अपर तामाकोशी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज बोटलर्स नेपाल (तराई) लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

हेरौं आजको तालिका :

6194cc643245b.JPG 6194cc66b1509.JPG 6194cc692f368.JPG 6194cc6bb2ce9.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।