लगानी खबर, काठमाडौं - डिजिटल भुक्तानीमा नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र सबैभन्दा बढी सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एमबैंकबीच डिजिटल भुक्तानीको लागि सम्झौता भएको छ । सहकारी संस्थाहरूलाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले दुई कम्पनीबीच सहकार्य भएको हो ।
सम्झौतासँगै एम बैंकले सेवा दिइरहेका ४ सय ५० बढि सहकारीमा अबदेखि थप डिजिटल रूपमा भुक्तानी गर्न सकिनेछ । इसेवासँगको सहकार्यसँगै अबदेखि एम बैंकमार्फत सहकारीबाट बैंकमा रकम ट्रान्स्फर, इसेवा वालेटमा रकम लोड, क्यूआर भुक्तानी, सबै किसिमको युटिलिटी पेमेन्ट, सेयर खरिदको भुक्तानी, मेरो सेयर, डिम्याट नविकरण, राजस्व, ट्राफिक जरिवाना भुक्तानी लगायतका सेवा उपयोग गर्न पाइनेछ । हाल स्क्यान एण्ड पे सेवाको सुरूवात भइसकेको छ भने अन्य सेवा निकट भविष्यमै उपलब्ध हुनेछन् ।
मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख २५ हजार भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् ।
सहकारी क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्राउने र सर्भिस दिनेमा ‘एम बैंक’ सबैभन्दा अगाडी छ । जुनसुकै सफ्टवयर चलाउने सहकारीले पनि एम बैंक’ को सेवा सजिलै लिन सक्नेछन् । एम बैंक नेपालमा सबैभन्दा बढि सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने कम्पनी हो । कम्पनीले हालसम्म ४ सय ५० बढि सहकारीलाई डिजिटलाइज गरिसकेको छ । कम्पनीले सहकराी क्षेत्रमा नयाँ प्रविधि भित्राउँदै सेवा दिँदै आएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।