लगानी खबर, काठमाडौं - आज (बुधबार) नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रामिन विकास लघुवित्त वित्तीय संस्था, नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो । आज यी सबै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४९.३३ अंकले बढेर २६६१.९६ विन्दुमा पुगेको छ । यस्तै, १ अर्ब ५० करोड ९० लाख ९ हजार ७ सय २८ रुपैयाँको कारोबार भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।