लगानी खबर, काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा एक हजार १ सय १४ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १६ हजार ४२ जनाको कोरोना परीक्षण भएकोमा ९ सय ६८ जनामा कारोना संक्रमण पुष्टि भएको हो । जसमा ११ हजार ५ सय ८२ जनाको पिसिआर परिक्षण गर्दा ७ सय ६२ जना र ४ हजार ४ सय ६० जनाको एन्टीजेन परिक्षण गर्दा २ सय ६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी, बितेको २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । हाल १६ हजार २ सय ४८ जना सक्रिय संक्रमित छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।